काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हो ।
सोहि दिन युवा संघले आयोजना गरेको कार्यक्रम काठमाडौँको तीनकुनेमा हुने भएको छ । प्रसाईँ र एमालेनिकटको युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि प्रशासनले माइतीघर–नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रतिक्रिया