काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अस्ट्रेलिया सामु २४१ रनको चुनौती प्रस्तुत गरेको छ । निर्धारीत ५० ओभरमा भारत २४० रनमा अलआउट भएको हो ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतका लागि केएल राहुलले अर्धशतक बनाए । राहुलले ६६ रन जाडेका थिए । त्यसैगरी विराट कोहलीले पनि अर्धसतक हाने । उनले ५४ रन थप्दा कप्तान रोहित शर्माले ४७, श्रेयस ऐयर र सुभमन गिलले समान चार रन जोडेका थिए । रविन्द्र जडेजा नौ रनमा आउट भए । सूर्यकुमार यादवले पनि १८ रनमात्र जोड्न सके ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । कप्तानसमेत रहेका प्याट कुमिन्स र जोस हेजलउडले पनि समान २ विकेट हात पारे । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एकएक विकेट लिए ।
प्रतिक्रिया