काठमाडौँ । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे गृह मन्त्रालयमा छलफल भैरहेको छ । गृहसचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको हो ।
बैठकमा मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको हो ।
बैठकमा काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
प्रतिक्रिया