काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी–२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।
जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ५ बलमा ८८ रनमै समेटियो ।
नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।
ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।
अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् ।
चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् भने रुबिना क्षेत्री एक बल पनि फेस नगर्दैै रन आउट भइन् ।
यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए । प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।
प्रतिक्रिया