देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरखामा घरमा आगलागी हुँदा जलेर आमाछोराको मृत्यु

देशान्तर

काठमाडौं। गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा गएराति घरमा आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।

घरमा आगलागी हुँदा ७८ बर्षीया कान्छी गुरुङको र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।