देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरेको स¥यै– कांग्रेस महासमिति

देशान्तर


काठमाडौं । महाधिवेशन भएको दुई वर्षपछि गत साउनमा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिले वार्षिक क्यालेन्डर बनाएर अघि बढने निर्णय गरेको थियो । जसमा केन्द्रीय कार्यसमितिको बैठकदेखि विभिन्न कार्यक्रमसँगै नीति महाधिवेशन, महासमिति बैठकसमेत निर्धारित समयमा गर्ने भनिएको थियो । यही बैठकले बैठकले २०८० मंसिर १३—१५, काठमाडौंमा महासमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
बैठकको निर्णयअनुसार यसबीचमा सांगठनिक सुदृढीकरणका समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ आंशिक सम्पन्न गरेको थियो । वर्षायाम, अविरल झरी, बाढी पहिरो एवं डेंगी र आँखा पाक्ने रोगजस्ता जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने महामारी फैलिएको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी भदौ १० देखि २४ गतेसम्म सम्पन्न गर्ने भनी निर्धारण गरिएको ‘समुदायमा कांग्रेस’नामक कार्यक्रम स्थगन गरेको थियो । त्यसबीचमा ‘पोलिसी ह्याकाथन अन गिग इकोनोमी एन्ड क्लाइमेट चेन्ज’ कार्यक्रम र पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव, २०८० सम्पन्न गरेको थियो ।


यसपछि असोज ४ गतेदेखि ८ गतेसम्म सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको दोस्रो केन्द्रीय समिति बैठकले नीति महाधिवेशनले गर्ने कार्य गर्ने गरी नीति महाधिवेशनको साटो मंसिर १३, १४ र १५ गतेकै महासमितिको बैठक केन्द्रित गर्ने निर्णय गर्दै मूल आयोजक समिति र अन्य समिति गठन गरेको थियो । तर केही साताआघि बसेको पदाधिकारी बैठकले महासमितिको बैठकको नयाँ मिति तय गरेको थियो । बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने तय गरेको थियो । तर भूकम्प र चाडपर्वको यो मितिमा पनि महासमिति बैठक हुन नसक्ने भएपछि अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते हुने गरी तोकेको हो । गत साता पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारेमा जानकारी गराएका थिए । अब सरेन भने महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा हुनेछ ।