देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला क्रिकेटमा परिवर्तन

देशान्तर


काठमाडौं । कुनै समय थियो, नेपालको पुरुषभन्दा महिला क्रिकेट टिमले पहिला विश्वकप खेल्छ । तर, अहिले अवस्था ठीक उल्टो छ । नगन्यमात्रामा घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय एक्सपोजरको कमीले गर्दा नेपाली महिला क्रिकेट टिमले विगतको विरासत नै धान्न सकेन । फलस्वरूप एसीसी लेभलका र त्यो पनि एसोसिएट देशहरूसँग मात्रै प्रतियोगिता खेल्दै आएको छ । अहिले पुरुष क्रिकेट टिमले आफूलाई अब्बल सावित गर्दै एकपछि अर्को उपलव्धि हासिल गरिरहँदा महिला क्रिकेटमा पनि ध्यान केन्द्रित हुन थालेको छ ।

वर्तमान कार्यसमितिमा नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका पारस खड्का कार्यसमितिका कार्यकारी पद सचिव भएर आएपछि उनले महिला क्रिकेट टिममा पनि केही परिवर्तनको संकेत गरिसकेका छन् । यसको पहिलो प्रयासस्वरूप महिला क्रिकेट टिमको कप्तान परिवर्तन । विगत ११ बर्षदेखि रुविना क्षेत्रीले सम्हाल्दै आएको नेपाली महिला क्रिकेट टिमको कप्तानका रूपमा इन्दु बर्मालाई ल्याएका छन् । उपकप्तानबाट यसअघि नै सीता रानामगरलाई हटाएको क्यानले त्यो पदमा नियुक्ति गरेको थिएन । तर अहिले विन्दु रावललाई उपकप्तानको जिम्मा दिइएको छ ।


कप्तानबाट हटाइएको सन्देश गएकाले रुविना केही हदसम्म असन्तुष्ट रहेको बुझिए पनि उनी सिनियर खेलाडीको रूपमा नेपाली टिमा रहेर खेल्ने प्रष्ट पारिसकेकाले आउँदा दिनमा नेपाली महिला टिमले पनि केही हदसम्म अहिलेको भन्दा राम्रो प्रदर्शन गर्ने नेपाली क्रिकेट समर्थकले अपेक्षा गरेका छन् ।