देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घाउको फोटो


घाउको फोटो खिच्न क्यामरा बोकेर होइन मन बोकेर आउनुहोस् ।।

हेलिकेप्टरमा नेता होइन पीडितलाई राहत र रकम बोकेर आउनुहोस् ।।

तेरो र मेरो कार्यकर्ता भन्दै राहतमा राजनीति गर्ने होइन नेताज्यू, ।

यो विषम् परिस्थितिमा कृपया नेपाली पन बोकेर आउनुहोस् ।।

कठ्याङ्ग्रिएका छन् सुत्केरी शिशु र वृद्ध खुल्ला आकाशमुनि ।।

फेसबुकको संवेदनाले के गर्छ ? राहत भरिएको वहान बोकेर आउनुहोस् ।।

आँसुसँग चाउचाउ बिस्कुटको तस्बिर प्रचार गर्छौं समाजसेवी दानीहरू हो,

दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भन्ने ज्ञान बोकेर आउनुहोस् ।।

सुर्खेत कर्णाली