देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप क्रिकेटमा पाकिस्तान अन्तिम खेलमा पराजित

देशान्तर


आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानमाथि ९३ रनको जित दर्ता गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले प्रभावशाली प्रदर्शन गर्न सकेन । ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३.३ ओभरमा २४४ रनमात्रै बनाउन सक्यो । विश्वकपमा पाकिस्तानले ९ खेलमा चारमा जित निकाल्दै पाँचौं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ । यसैगरी पाकिस्तानमाथि जित निकालेको इंग्ल्याण्डले ३ खेलमा जित निकाल्दै ६ अंक बनाएर तालिकाको सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउन पुग्यो ।

पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डका बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाउँदा जोनी बेरिस्टोले ५९ र जो रुटले ६० रनको पारि खेले । यसैगरी डेभिड मलानले ३१ रन बनाउँदा कप्तान जोस बटलरले ३० रन बनाएका थिए ।

पाकिस्तानका हेरिस रौफले स र्वाधिक ३ विकेट लिँदा साहेन साह अफ्रिदी र मोहमद वासिमले दुई दुई विकेट लिए । इफ्तिकर अहमदले १ विकेट हात पारे ।

३३८रनको फराकिलो लक्ष्य पछ्याएको पाकिस्तानलाई उक्त लक्ष्य १६ बलमा पूरा गरेमा मात्रै सेमिफाइनलमा पुग्ने समिकरण रहेको थियो । त्यो त धेरै परकको कुरा पाकिस्तानले पुरा ओभर पनि खेल्न सकेन र अन्ततः पराजित हुँदै विश्वकपको यात्रा समूह चरणबाटै टुंग्याउन पुग्यो । पाकिस्तानका दुवै ओपनरले निराश बनाए । अब्दुल्ला सफिकले खाता खोल्न सकेनन् भने फकर जमानले १ रनमात्रै जोडे ।

बाबर आजम र मोहमद रिजवाने पारि अघि बढाउने प्रयास गरे पछि आजम ३८ रन बनाएर आउट भएका थिए भने रिजवानको ब्याटबाट ३६ रन बन्यो । सउद साकेलले २९ रन बनाए । आघा सलमानले अर्धशतकीय पारि ५१ रन बनाएर आउट हुँदा सवै सम्भावना सकिएको थियो । सहेन साह अफ्रिदील्े २५ रन बनाउँदा मोहम्मद वासिमले १६ रनको नटआउट पारि खेले । हेरिस रौफ ३५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट हुँदा पाकिस्तननको स्कोरवोर्डमा २४४ रन बनेको थियो ।

इंग्ल्याण्डका डेभिड विलीले ३ विकेट लिँदा आदिल रसिद, गुस एटिक्सन र मोइन अलिले दुई दुई विकेट लिए ।
आजको खेलसँगै पाकिस्तानमा हुने च्याम्प्यिन्स ट्रफी खेल्ने शीर्ष ८ टिमको टुंगो लागेको छ । अर्को वर्षको प्रतियोगितामा अहिले विश्वकप खेलेका श्रीलंका र नेदरल्याण्ड्स हुने छैनन् ।