काठमाडौं । कृषि बिकास बैंकले खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितकालागि सहायता स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पचास लाख उपलब्ध गराएको छ ।
बैंकले उक्त रकमको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी कृषि विकास बैंक लि.मा रहेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरेको हो । उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको उपस्थिती रहेको थियो ।
कृषि विकास बैंक लि.ले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन गरेका थिए । कृषिविकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।
प्रतिक्रिया