देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाका अध्यक्ष विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार मकवानपुरको हेटौँडामा भएको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत गरेको हो ।

अविश्वास प्रस्तावका लागि भएको मतदानमा कुल ५३ मत खसेको थियो । जसमध्ये ५२ मत प्रस्तावको विपक्षीमा खस्दा एक मत बदर भएको हो । एन्फाको साधारण सभामा ८७ सदस्यसँग मताधिकार रहे पनि बाँकीले भने मतदान गरेनन् ।

नेम्वाङ गत वर्ष असार ६ गतेको साधारण सभाबाट एन्फा केन्द्रीय कार्यसमितिका आएका थिए । तर, भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्तीको माग गर्दै निवेदन दर्ता गराएका थिए ।