देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

देशान्तर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक–पटक सर्दै आइरहेको छ । काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।
यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए ।