काठमाडौंं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा हेटौँडामा सुरु भएको छ । हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु भएको हो ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको साधरणसभामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल २१० प्रतिनिधि रहेकोमा साधारणसभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छन् ।
प्रतिक्रिया