देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्री बस्नेतले भेटे टिचिङमा उपचाररत भूकम्पका घाइतेलाई

देशान्तर

काठमाडौं । पश्चिम नेपालमा गएको विनासकारी भूकम्पमा परि गम्भीर घाइते भएका १० उपचाररत बिरामीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याईएको थियो ।

मन्त्री बस्नेतले हिजो उपचाररत १० जना घाइतेसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । उपचाररत घाइतेमध्ये एक जनाको सल्यक्रिया भइसकेको,एक जनालाई आईसियूमा राखेर उपचार गरिरहेको र बाँकी आठजनाको पनि उपचार अस्पतालले जनाएको छ ।

मन्त्री बस्नेतले आईसियूमा उपचाररत घाइते र उनका आफन्तसँग भेटेर उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उनले चिकित्सकलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बस्नेतको सचिवालयले जनाएको छ ।

सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।