काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले एक महिनाको तलब बराबरको रकम दिनेबारे जानकारी दिए ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हुन् ।
प्रतिक्रिया