देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले एनआरएनले गरेको कामको उच्च मूल्यांकन गर्छ : रक्षामन्त्री खड्का

देशान्तर

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले एनआरएनले गरेको कामको उच्च मूल्यांकन गर्ने बताएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् । 

आगामी दिनमा विविध विषयमा सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै खड्काले विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरु धन्यवादका पात्र भएको बताए । भूकम्प पीडितलाई राहत वितरण गरेर फर्किने क्रममा सुर्खेतस्थित खड्काकै निवासमा भएको भेटमा शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी,युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगायत सहभागी थिए ।