काठमाडौं । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री हस्तान्तरण भएको छ ।
चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
चीनले नेपाली २८ करोड बराबरको ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल सहितको राहत सामग्रीमा उपलब्ध गराएको हो । राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए ।
राहत सामग्री बुझ्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
श्रेष्ठले नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेको र आज चीनले हस्तान्तरण गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइने बताए ।
प्रतिक्रिया