गैर आवासीय नेपाली संघ एनआरएनएको विनोद कुँवर समूहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन सुरु गरेको छ । आइतबार जुममार्फत बसेको बैठकमै झण्डै १ करोड बढी राहत रकम संकलन भएको हो ।
सामाजिक सञ्जाल फेसबकुमार्फत सार्वजनिक गरिएको विरण अनुसार राहत संकलनमा पूर्व अध्यक्ष डा. शेष घलले ५० लाख रुपैयाँ दिएका छन् भने अध्यक्ष कुवँरले १० लाख रकम प्रदान गरेका छन् ।
बैठकले भुकम्प प्रभावित क्षेत्रमा सहयोग र दिर्घकालिन काम गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि पूर्व अध्यक्ष डा। शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजनामा काम गर्ने निर्णय गरेको हो ।
संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न अनुरोध पनि गरेको छ।
सहयोगको लागि:
Bank Details:
Bank Name: Prabhu Bank
Account Holder’s Name: Global N.R.N Foundation
Account#: 1360153306500014
Swift: PRVUNPKA
Account Type: Current
१. विनोद कुँवर: १० लाख १ हजार १ सय
२. बीआर लामा: १ लाख
३. भोमा लिम्बू: १ लाख
४. उमेश पुडासैनी: ५० हजार
५. तर्क सेन : १ लाख ५ हजार
६. जानकी गुरुङ : १ लाख
७. कृष्ण केसी : १ लाख
८. धर्मराज खतिवडा: ५१ हजार
९. शशी चन्द्र अधिकारी : १ लाख
१०. इर्षद अहमद : १ लाख १ हजार
११. जुनु गुरुङ : १ लाख
१२. पासाङ शेर्पा : १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)
१३. पुर्ण देउराली : ५१ हजार
१४. प्रकाश धमला : ५१ हजार
१५. केशव कँडेल : ५५ हजार
१६. कुशल केसी : १ लाख
१७. दीपक राई : ८५ हजार
१८. लक्ष्मी गुरुङ : ५० हजार
१९. एनसीसी बेल्जियम कमिटी : ५० हजार (पहल जारी)
२०. एनसीसी कुवेत : ५० हजार
२१. एनआरएन युके : ५ लाख (पहल जारी)
२२. श्याम तामाङ : १ लाख
२३. एसी शेर्पा : ५ लाख
२४. एनसीसी युएसए : ५ लाख (पहल जारी)
२५. एनसीसी कतार : १ लाख (पहल जारी)
२६. राजबहादुर शाही : १ लाख
२७. रामजी लामिछाने : १३ हजार
२८. धर्म केसी : २५ हजार ५ सय ६३
२९.. आरसी सापकोटा : ४३ हजार
३०. डिल्लीराम ढुंगाना : ५० हजार
३१. गिरिराज पाण्डे : १३ हजार
३२. भक्त भण्डारी : १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)
३३. कर्मा शेर्पा : १ लाख
३४. कृष्ण पोखरेल – १ लाख
३५. एमआइटी फाउन्डेसन : ५० लाख
महाधिवेशनका विषयमा
गैरआवासीय नेपाली संघको डिसेम्बर २०२३ सम्म सबै देशमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलन मार्च १६ र १७, २०२४ (शनिबार र आइतबार) काठमाण्डौमा गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया