काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोटमा , रूकुम पश्चिम , दैलेख , बैतडी , जुम्ला र रोल्पामा गरी कुल २१० जना घाइते भएका छन् । भूकम्पले ३ हजारभन्दा बढी घरहरूमा क्षति पुर्याएको आँकलन रहेको छ । रूकुम पश्चिममा मात्रै २ हजारदेखि २५ सय घरहरूमा क्षति पुगेको आकलन गरिएको छ।
त्यस्तै जाजरकोटमा १ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको आकलन गरिएको छ।
प्रतिक्रिया