काठमाडौँ । भोलि आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । जाजरकोट केन्द्र विन्दु बनाएर भूकम्प जाँदा भएको जनधनको क्षति पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बैठक बोलाएका हुन् ।
बैठकमा भूकम्पको क्षतिबारे छलफल र साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय हुने छ ।
प्रतिक्रिया