देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेश सरकारले एक करोड रूपैयाँ पठाउने

देशान्तर

काठमाडौं । कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको हो । प्रदेश सरकारको तर्फबाट ब्लाङ्केट, त्रिपाल र म्याट्रेस एक ट्रक पठाइनेछ ।