देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिलोत्तमा नपाले भूकम्प प्रभावितलाई १० लाख सहयोग गर्ने

देशान्तर

काठमाडौंं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आकस्मिक बैठकले आर्थिक सहयोग संगै घाइतेको उपचारका लागि जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकालसहित ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, त्रिपाल, उद्धार सामग्री हित जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय समेत गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्धार कार्यका लागि दिएका छन्।

स्वास्थ्यकर्मीको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाउने क्रममा नगरप्रमुख खांणसहितको टोलीले थप आवश्यक परे नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।