देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पका घाइतेहरुलाई सांसद डा.सुनिल शर्मा गरे काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था

देशान्तर

काठमाडौं  । जाजरकोट भूकम्पका घाइतेहरुलाई सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार गरिने जनाएको छ ।

सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ । घाइतेहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए ।