काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रकेको दूतावासले सामाजिक सञ्जालमा लेखेको छ । यसैबीच
छिमेकी भारत र चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेका छन् ।
भारत र चीनले अनुमति मागे पनि नेपाल सरकारले भने तत्काल खोज तथा उद्धार टोली आवश्यक नभएको जवाफ दिएको छ ।
भोलिका दिनमा आवश्यक परे खोज तथा उद्धार टोली पठाउन अनुरोध गर्ने जवाफ भारत र चीनलाई दिइएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया