काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।
जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको शनिबार बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा सहयोग गर्न पनि तयार रहेको बुद्ध एयरले उल्लेख गरेको छ ।
प्रतिक्रिया