काठमाडौं । वाग्मती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितको राहात, उद्वार र पुर्ननिर्माणको लागि १ करोड ५० लाख रुपैयाँ कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारयण श्रेष्ठले जारी गरेको बिज्ञप्ती अनुसार बागमती प्रदेस सरकारले आकस्मिक बैठक बसेर सहयोग उपलव्ध गराउने घोषणा गरेको हो । प्रदेश सरकारले नागरिक समाज, विभिन्न गैरसरकारी संस्था लगायत सबैलाई विपदको घडीमा सहयोगमा जुट्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया