देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने

देशान्तर

काठमाडौं । जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पपीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।  

मुख्षसचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ ।