काठमाडौं । पछिल्लो समयमा सूचना प्रविधिको विकास र अनलाइन सपिङप्रतिको आकर्षण बढ्दो छ । आफूलाई चाहिएको सामान किन्न बजार चहारिरहन नपर्ने भएकाले पछिल्लो समयमा नेपालमा अनलाइन सपिङ फस्टाएको हो । इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, बिद्युतीय भुक्तानी तथा ट्रान्सफर लगायतका सुविधाहरुका कारण अनलाइन सपिङप्रति ग्राहकहरुको आकर्षण बढेको हो । आफूलाई चाहिएको सामान घरमा नै डेलिभरी हुने भएकाले धेरैको पहिलो रोजाईमा अनलाइन सपिङ पर्ने गरेको छ । अनलाइन सपिङका कारण व्यस्त जीवन बितााईरहेकाहरुको दैनिकी सहज बन्न पुगेको छ । अनलाइन किनमेलका लागि एउटा लोकप्रिय कम्पनी हो किनौं ।
किनौं सपिङबाट आफुलाई मनपर्ने सामाग्री घरमा नै मगाउन सकिन्छ । पछिल्लो समयमा ‘किनौं’ ग्राहकहरुको प्रिय अनलाइन सपिङ प्लेट फर्म बन्न पुगेको छ । किनौं सपिङले गुणस्तरीय सामानहरुलाई मात्र नभई ग्राहकहरुको सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । अनलाइनबाटै ग्राहकहरुलाई गुणस्तरीय सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउन किनौं अनलाइन सपिङ सञ्चालनमा आएको हो ।
विशेष गरि नेपालमा नै उत्पादित सामानहरु सुपथ मूल्यमा उपलब्ध गराएका कारण किनौं शपिङ उपभोक्ताहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ । नेपालमा नै उत्पादित सामानहरुलाई किनौं सपिङले विशेष प्राथमिकतामा राख्दै आएको छ । किनौं सपिङमा ग्राहकहरुको रोजाई र आवश्यकताका विभिन्न सामाग्रीहरु उपलब्ध रहेका छन् । जुन सामाग्रीहरु बजारमा भन्दा सुपथ मुल्यमा उपलब्ध छन । ग्राहकहरुको सेवालाई मध्यनजर गरेर किनौं सपिङले बिभिन्न बिक्रेता र पेमेन्ट पार्टनरसँग सहकार्य समेत गर्दै आएको छ ।
किनौं सपिङले विभिन्न चाडपर्वको अवसरमा छूटको समेत व्यवस्था गर्दै आएको छ । न्युनतम दुई हजार रुपैयाँको सामान खरीद गर्दा किनौं सपिङले दुई सय रुपैयाँ छूट दिने योजना अगाडि ल्याएको छ । यस्ते सामान खरीद गर्ने ग्राहकहरुलाई बेज्ञानिक महावीर पुनद्वारा हस्ताक्षरित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक समेत निशुल्क डेलिभरीको सुविधा दिंदै आएको छ किनौं सपिङले । उपभोक्ताहरुले आवश्यक सामाग्रीहरु किनौंको वेबसाइट www.kinaun.com मा गएर वा किनौं सपिङको मोबाइल एप्सबाट अर्डर गर्न सक्ने छन् ।
प्रतिक्रिया