देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाललाई फाइनल पुग्न युएईले दियो १३५ रनको लक्ष्य

देशान्तर

काठमाडौंमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको छ । 

आजको विजेता विश्वकपमा छनोट हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ । मूलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । युएईले नेपालविरुद्ध राम्रो सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको बेला नेपालले पहिलो सफलता रनआउटबाट निकालको हो । सोमपाल कामील्े खालिद साहलाई आउट गर्दै युएईलाई पहिलो झड्का दिएका थिए । सोही ओभरको चौथो बलमा उनै सोमपालकले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए ।

वसिमले १६ बलमा २६ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । तेस्रो सफलता भने सन्दीप लामिछानेले दिलाएका हुन् । उनले आशिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आशिफले १४ बलमा १३ रन बनाउँदा एक चौका प्रहार गरे । चौथो सफलता कुशल मल्लले दिलाए । उनले ड्रिंग्स ब्रेक पछि १३ ओभरको चौथो बलमा एसिलसन सराफुलाई सोमपाल कामीबाट क्याच आउट गरेर पभेलियन फर्काए । 

यसैगरी पाँचौं सफलता भने कप्तान रोहित पौडेलले दिलाए । रोहितले अलि नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता सन्दीपले दिलाए । सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा बसिल अहमद आउट भए । बसिललाई गुल्सनले डिप मिडविकेटमा क्याच गर्दै आउट गरेका हुन् । बसिलले १ रनमात्रै बनाए । सातौं विकेटको रुपमा युएईका सर्वाधिक रनकर्त बृत्य अरविन्द १९.१ ओभरमा आउट भएका थिए । उनलाई कुशल मल्ले आउट गरेका हुन् । बृत्यले ५१ बल खेल्दा २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका थिए । कुशलले उनलाई गुलसन झामार्फत क्याच गराए । आठौं सफलता पनि कुशलले नै दिलाए । १९.३ ओभरमा उनले आयान अफजल खानलाई कुशल भुर्तेलमार्फत क्यान आउट गराए । उनी १ रन बनाएर आउट भएका हुन् । 

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए ।

यसैगरी सोमपाल कामीले ३ ओभर बलिङ गर्दा १५ रन दिए १ विकेट लिँदा  कुशल मल्लले ३ ओभर बलिङ गरेर १० रन खर्चिदैं ३ विकेट हात पारे । त्यस्तै रोहित पौडेलले १ ओभरमा ६ रन दिएर १ विकेट लिँदा अभिनाश बोहोराले ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बने । त्यसैगरी करण केसीले ३ ओभरमा २६ रन खर्चिए्। गुलसन झाले ३ ओभरमा २४ रन दिए  ।