देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने प्रधानमन्त्रीको दावी

देशान्तर

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने बताएका छन् ।
बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।
बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको नसके १० प्रतिशत भन्दा माथि जान नदिने बताएका हुन् ।
त्यस अबसरमा प्रधानमन्त्री प्रचण्डले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको पनि बताए ।

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैय्या निःशुल्क उपलब्ध गराइएको बताउदै उनले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको उल्लेख गरे । यस्तै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको प्रचण्डले बताए ।