काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारको पहलका लागि सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको बताउँदै उद्धारका लागि आग्रह गरेका हुन् ।
उनले सभामुखमार्फत प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् । शर्माले बन्द भएको झापाको काँकडभिट्टा नाका नखुलेका कारण होटेल, व्यवसाय, पर्यटन क्षेत्रमा असर परेको बताउँदै भारत सरकारसँग कुरा गरेर नाका खुलाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया