काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मौन धारण गरेका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् । शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन् ।
मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे । सत्तारुढ दलका सांसद गौमतले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए।
आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको विषयसहित उठाएका अन्य विषय सरकारले नसुनेको भन्दै सांकेतिक रुपमा मौनधारण गरेर सरकारको विरोध गरेका हुन् ।
प्रतिक्रिया