देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी २० विश्वकप एसिया छनोट

समूह विजेता बन्ने लक्ष्यमा नेपालले ओमानसँग खेल्दै

देशान्तर

आइसीसी टी २० विश्वकप एसिया छनोटको समूह चरणमा नेपालले आज ओमानसँग खेल्दै छ । नेपाल र ओमानबीचको खेल विहान ९ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

समूह ए बाट नेपाल र ओमान दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलको नतिजाले विजेताको टुंगो लाग्ने छ । नेपाल लगातार खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनल खेल्ने लक्ष्यमा रहेको छ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । यस्तै समूह बी अन्तर्गत आजै मूलपानी मैदानमा हङकङ र युएईबीच प्रतिस्पर्धा हुने छ । युएई समूह बीमा दुवै खेल जित्दै सेमिफाइनलमा नजिक रहेको छ भने हङकङ पनि फराकिलो अन्तरले विजयी हुँदा सेमिफाइनल पुग्ने सम्भावना बन्ने छ ।

यही समूहको अर्को खेलमा दिउँसो साढे १ बजे बहराइन र कुवेत भिड्ने छन् । कुवेत प्रतियोगिताबाट बाहिर भइसकेको छ भने बहराइनले जित निकालेमा उसको पनि सेमिफाइनल समिकरण बन्न सक्छ ।

अहिले बहराइन दोस्रो स्थानमा रहेको छ । यता त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १ बजे मलेसिया र सिंगापुर भिड्ने छन् । यो खेलको नतिजाले समूह एमा कुनै प्रभाव पार्ने छैन ।