काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरुबीच सद्भाव बढाउन मद्दत गर्ने बताए । उनले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया