देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित

देशान्तर

काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ ।
प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएको विधेयक समितिबाट चार नम्बरमा सार्ने संशोधनसहित पारित भएको हो । समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि, सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो । उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ मा गैरसरकारी विधेयकका रुपमा ल्याएका हुन् ।