देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच शिष्टाचार भेटवार्ता

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको चार दिने भ्रमणमा रहेका गुटरेसले रक्षा मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री खड्कासँग भेट गरेका हुन् । यसअघि आजै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।