देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड द्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बारे पदाधिकारी बैठकमा ‘बिफ्रिङ’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्भव भए एक/दुई दिनभित्र र नभए अर्को अधिवेशनबाट पारित गरिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उनले सो विधेयकका बारेमा ‘बिफ्रिङ’ गरेका हुन् । टीआरसी विधेयक हाल संसद्को कानुन समितिमा छ । समितिले उपसमिति बनाएर काम गरेको थियो । नमिलेका चार बुँदामा शीर्ष नेताबाट सहमति खोज्ने प्रयास भइरहेको छ ।