देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा

देशान्तर


काठमाडौँ । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची छ ।

सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाट गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ । त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आज बिहान एक बजे नेपाल आई पुगेका हुन् ।