देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीले पुनः सुरु गरिन् अनशन

देशान्तर

काठमाडौं । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन् । भारतीले आज (आइतबार)बाट काठमाडौंको माइतीघरमा पुन: रिले अनशन सुरु गरेकी हुन् । 

श्रीमान्‌को हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी हुन् । 

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।