काठमाडौं । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन् । भारतीले आज (आइतबार)बाट काठमाडौंको माइतीघरमा पुन: रिले अनशन सुरु गरेकी हुन् ।
श्रीमान्को हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।
प्रतिक्रिया