देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने रास्वपा सभापति लामिछानेको दाबी

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए ।


भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेको बताए । लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए । लामिछानेले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाए ।