काठमाडौं । नेपालले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको हो ।
नेपालका लागि आशिफ शेखले सर्बाधिक ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भएका थिए । सोमपाल कामी पनि २ रन बनाएर आउट भए । त्यसै गरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जीत हो ।
प्रतिक्रिया