काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।
नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको तत्कालीन आवश्यकता पुरा गर्न अहिले कम्तिमा ३ वटा जहाज किन्ने योजना छ ।
प्रतिक्रिया