काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।
तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ भएपछि अस्पताल भर्ना गरिएको हो ।
श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ’तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’मा सहभागी हुन सोमबार चीन गएका थिए ।
प्रतिक्रिया