देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियालाई नेपालको ३४८ रनको चुनौती

देशान्तर

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको गुमाएर ३४७ रन बनाएको हो । नेपालका लागि अर्जुन कुमालले १४२ र आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने । दीपक बोहोराले २९ रन बनाए । कप्तान देव खनाल भने शून्यमै आउट भए । दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन जोडदा विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई÷दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक÷एक विकेट लिए । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई÷दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।