काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोवडि र दुई वाइडवडि जहाजको लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको दुई न्यारोवडि जहाजको असोज महिनाको किस्ता वापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरि जम्मा ५३ करोड ९ लाख ७५ हजार २८१ रुपैया भुक्तानी गरेको छ । यस अघि निगमले २०८० असार सम्म अबधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैया भुक्तानी गरेको थियो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले संहाले पछि पहिले भन्दा निगमको ब्यापार बिस्तार र आम्दानीमा सुधार हुदै गएको छ । नगद प्रवाहमा सुधार भएपश्चात् प्रमूख इन्जिन मर्मत खचर्, नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको प्रवक्ता रमेश पौडेल द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया