देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूएई द्वारा नेपाल सामु १४१ रनको लक्ष्य प्रस्तुत

देशान्तर

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा ग¥यो । यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहो¥याएका थिए । कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र यूएई सहभागी छन् । शृंखलाको पहिलो खेलपछि नेपालले बिहिबार (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।