काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको हो । काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठकले २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिएको छ ।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको बैठकमा शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समय दिएका थिए । महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आवश्यक देखिएका कानुन तर्जुमा गर्न लागिएको हो । यसका लागि विभाग र समितिहरूबाट प्रस्ताव आएका हुन् ।
बैठकले राजस्व सङ्कलन तथा लक्ष्य निर्धारण कार्यविधि,सेवा प्रवाहको मापदण्ड (एसओपी) स्ट््याण्डर्ड अपरेसन प्रोसिड््युर कार्यविधि, कानुनी सहायता कार्यविधि,सार्वजनिक खरिद मार्गदर्शन, भवन निर्माण कार्यविधि, सहकारी नियमावली, संकटग्रस्त सहकारी व्यवस्थापन कार्यविधि, शिक्षकहरूको सुनौलो अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि, पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन कार्यविधि, शैक्षिक परामर्श केन्द्र, मन्टेश्वरी÷पूर्व प्राथमिक विद्यालय, ट्युसन÷कोचिङ् सेन्टर दर्ता सञ्चालन सम्बन्धी कार्यविधि, र संस्थागत विद्यालयको स्तरीकरण, शुल्क निर्धारण तथा सञ्चालन सम्बन्धी कार्यविधिमा सैद्धान्तिक सहमति भएको हो । त्यसैगरी सुन्दर विद्यालय आयोजना सञ्चालन कार्यविधि, शिक्षा नियमावली, बाल अधिकार प्रवर्धन तथा बाल संरक्षण सम्बन्धी कार्यविधि, अनुसन्धान तथा अन्वेषण केन्द्र सञ्चालन कार्यविधि, काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन कार्यक्रम सञ्चालन कार्यविधि, काठमाडौँ महानगरपालिका लेखा समिति कार्य सञ्चालन निर्देशिका, सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन कार्यविधि, कर्मचारी स्वैच्छिक अवकाश कार्यविधि,उपभोक्ता समितिको गठन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, र पार्क व्यवस्थापन तथा सञ्चालन कार्यविधिमा पनि सैद्धान्तिक सहमति भएको हो ।
प्रतिक्रिया