देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपीन जोशीको खोजीमा सघाउन कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको आग्रह

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीबीच टेलिफोन कुराकानी भएको छ ।
कुराकानीमा मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

फोनमा उनीहरूबीच नेपाल–कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्रीलाई फोन गरी विपीनलाई हमासले बन्धक बनाए÷नबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको बताइको छ ।

मन्त्री साउदले सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कतारका विदेश राज्यमन्त्री कुराकानी भएको उल्लेख गरे ।