काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग राखेर सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया